सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ
उदयपुर | पुस २६, २०८०
उदयपुर: उदयपुरको चौदण्डिगढी नगरपालिका वडा नं ८ सिद्धिपुरस्थित हिलेखोलाको जङ्गलमा एक २० बर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका वडा नं ८ हिलेखोला बस्ने ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खड्ग मगर रहेको प्रहरीले जनाएको छ । उनीहरूले किशोरीलाई ललाई फकाई हिलेखोला जङ्गलमा लगेर सामूहिक बलात्कार गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उनीहरूलाई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले बताए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

